दफा
कर बुझाउने

(१) प्रत्येक सालको श्रावण १ गतेको दिनमा जुन व्यक्तिको नाममा प्रचलित कानून बमोजिम सवारी साधन दर्ता कायम रहेको छ सोही व्यक्तिबाट सो आर्थिक वर्षको लाग्ने कर असुल गरिनेछ ।

तर आर्थिक वर्ष पूरा नहुँदै नामसारी गरिने सवारी साधनको हकमा नामसारी गरिने महीनासम्म साविकको सवारीधनीबाट र त्यसपछिको महीनाको नामसारी गराई लिने व्यक्तिबाट दामासाहीले लाग्ने कर असूल गरिनेछ ।

(२) करदाताले आफनो नाममा दर्ता भएको सवारी साधनमा लाग्ने कर प्रत्येक आर्थिक वर्षको चैत्र मसान्तसम्म वा दर्ता नवीकरण गर्ने म्याद जुन अघि हुन्छ सो म्यादभित्र बुझाई सक्नु पर्नेछ ।

(३) नयाँ दर्ता गरिने सवारी साधनको हकमा त्यस्तो सवारी साधन दर्ता गराउन अगावै जुन महीनामा भन्सार तिरी छुटाएको छ सोही महीनादेखिको दामासाहीले लाग्ने कर बुझाउनु पर्नेछ ।